भक्तपुरका निजामती सेवाका यी तीन कमाण्डर, जो चाँगुनारायण माविका एउटै विद्यालयका विद्यार्थी थिए

0
827

संयोग पनि कस्तो सिंहदरबारभित्रका ३ कमाण्डर, एउटै सरकारी विद्यालय पढेका । निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ रमाइला संयोगहरु देखा पर्दछन् । भक्तपुरको एउटै विद्यालयमा अध्ययनरत तीन जना अहिले एकै पटक निजामती सेवाको उच्च ओहदामा कार्यरत छन् ।

उनीहरु हुन मणिराम गेलाल,शिशिर कुमार ढुंगना र महेश्वर न्यौपाने । यी तिनै जनाले भक्तपुरमा अवस्थित चाँगुनारायण माध्यमिक विद्यालयका विद्यार्थी । सरकारी स्कूलमा अब्बल सरकारी स्कूलभित्र पर्दछ यो विद्यालय,जहाँबाट मणिरामले ४० सालमा एसएलसी उत्र्तीण गरेका थिए भने शिशिर कुमार ढुंगनाले ४२ सालमा र महेश्वर न्यौपानेले ०४६ सालमा एसएलसी उत्र्तीण गरेका थिए ।

जसमध्ये महेश्वर अहिले गृह सचिवको रुपमा कार्यरत छन् भने शिशिर अर्थ मन्त्रालयको सचिवको रुपमा कार्यरत छन् । केही अघि सचिव बढुवा भएका इ मणिराम गेलाल अहिले उर्जा,जलश्रोत तथा सिँचाई मन्त्रालयको सचिवको रुपमा कार्यरत छन् ।

सचिव मणिराम गेलालका अनुसार,सोही विद्यालयमा पढेका उमेश ढुंगना अहिले महिला बालबालिका मन्त्रालयमा सह सचिव छन् ।