आज विश्व संगीत दिवस

0
1265

काठमाडौं । संगीत चाहे खुसी हुँदा होस् वा दुखी सँधै नै मानिसको साथमा हुन्छ। एक्लोपन होस् वा साथीभाइ जमघट संगीत जुनै अवस्था र परिस्थितिमा साथ रहन्छ। संगीतको महत्त्व मानव जीवनमा निकै महत्त्वपूर्ण रहेको छ।

आज जुन २१, विश्व संगीत दिवस मनाउदै आइरेको छ । अहिले कोरोना भाइरसको कारण विश्वमा नै एक किसिमको आक्रान्त भएको बेला यतिबेला संगीत दिवस पनि आराम लिनु परेको छ ।

कसरी सुरु भयो विश्व संगीत दिवस
सन् १९८२ मा फ्रान्सको पेरिसमा पहिलो पटक संगीत दिवस मनाइएको थियो। विश्व संगीत दिवसको परिकल्पना अमेरिकी संगीतकार जोल कोहेनले गरेका थिए।

फ्रान्सका राजनीतिज्ञ ज्याक ल्याङ र संगीतकार मकाउरिस फ्रेलेरेटले संगीत दिवस मनाउने प्रस्ताव गरेका थिए। अतः सन् १९८२ देखि विश्व संगीत दिवस मनाइँदै आएको छ।