आज सबैभन्दा लामो दिन

0
1080

काठमाडौं । आज जुन २१ अर्थात सबैभन्दा लामो दिन। यसको अर्थ आजको रात अन्य दिनभन्दा छोटो हुनेछ। यसलाई अंग्रेजीमा समर सोल्स्टिस पनि भनिन्छ। सोल्स्टिस ल्याटिन शब्द सोल्स्टिमबाट बनेको हो। ल्याटिनमा सोलको अर्थ सूर्य र सेस्टेयरको अर्थ स्ठिर भएर उभिनु भन्ने हुन्छ। अर्थात दुवै शब्दको अर्थ सूर्य धेरै बेर खडा वा स्थिर रहनु भन्ने हुन्छ।

हामीलाई थाहा छ, पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने। पृथ्वीले कक्षमा लगाउने चक्करका आधारमा दिन र रातको तय हुन्छ। सूर्य पृथ्वीको उत्तरी गोलार्धको सिधा हुन्छ जसको कारण सूर्यका किरण कर्क रेखामा सिधा पर्छ। यसको सोझो अर्थ यो भयो कि आज अर्थात जुन २१ मा सूर्यको चक्कर लगाउँदै गर्दा पृथ्वी यस्तो अवस्थामा आइपुग्छ कि सूर्यका किरण धेरै समयसम्म पृथ्वीमा पर्छन्।

पृथ्वीले सूर्यलाई सोझो भएर चक्कर लगाउँदैन। यो आफ्नो आक्षांसमा २३ डिग्रि झुकेको छ। यसै अवस्थामा रहेर पृथ्वीले सूर्यको परिक्रमा गर्छ। परिक्रमा गर्ने क्रममा पृथ्वीको उत्तरी र दक्षिणी गोलार्ध सो डिग्रीमा आइपुग्छन्।

प्रत्येक देशमा दिनको लम्बाइमा भने घटबढ हुनसक्छ। नेपालमा यसको लम्बाइ १३ घण्टाभन्दा बढी हुनेछ भने केही देशमा यो भन्दा कम हुनेछ। विशेष गरी उत्तरी गोलार्धमा रहेका देशहरुमा यो समय फरक-फरक हुनेछ।

नर्वे, फिनल्याण्ड, ग्रिनल्याण्ड, अल्कास तथा उत्तरी गोलार्धका अर्को क्षेत्रमा मध्यरातसम्म दिन देखिनेछ भने आर्कटिक क्षेत्रमा दिन पूर्ण रुपमा अस्ताउने पनि छैन। अर्थात यहाँ पूरा २४ घण्टा सूर्य देखिनेछन्। आजका दिनलाई उत्तरी गोलार्धमा रहेका देशमा गर्मी सुरु हुने दिनका रुपमा समेत लिइन्छ।