आस्था साँकृतिक परिवारका अध्यक्षलाई पितृ शोक

0
1927
भक्तपुर । आस्था साँस्कृतिक परिवारका अध्यक्ष प्रविन लाखाजुलाई पितृ शोक परेको छ ।
अध्यक्ष प्रविन लाखाजुका पिता सानुकान्छा लाखाजुको ५० बर्षको उमेरमा कोभिडको महामारीको सङ्क्रमणबाट सोमबार निधन भएको हो ।
सानुकान्छा लाखाजुलाई सोमबार नै पशुपतिमा अन्तिम दाहासंस्कार गरिएको आफन्तले जनाएका छन् ।
सानुकान्छा लाखाजु भक्तपुरको सिद्धि गणेश साकोसको स्थापनक सदस्य र सिद्धी कृषि सहकारीको सञ्चालक समेत हुन् । उनका परिवारमा श्रीमती ,तीन छोरा, एक बुहारी र एक नाती छन् ।