काठमाडौँ । डेनमार्क युरो कप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमवार राति भएको खेलमा रुसलाई ४–१ ले पराजित गर्दे डेनमार्क उपविजेतको रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
घरेलु मैदान पार्केन स्टेडियममा भएको खेलमा डेनमार्कका तर्फबाट मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक एक गोल गरेका थिए । खेलको ३८ औँ मिनेटमा डाम्सगार्डले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । ५९ ओँ मिनेटमा पाउलसेनले गोल गरे, ७९औँ मिनेटमा अर्को गोल क्रिष्टियनसेनले गरे भने ८२ मिनेटमा जोकिमले गोल गरेर ४ गोल पुर्याए ।
यता रुसका ज्युबाले ७० औँ मिनेटमा पेनाल्टीमा एक गोल गरेका थिए । डेनमार्कले ४–१ ले जित हासिल गरेको हो ।
योसँगै डेनमार्क ३ खेलबाट ३ अङ्कसहित समूह बीको उपविजेता बनेको हो । फिनल्यान्ड र रुस समान ३/३ अङ्कमा छन् । तर डेनमार्क गोल अन्तरमा अघि छ ।
डेनमार्क पहिलो खेलमा १–० ले फिनल्यान्डसँग र बेल्जियमसँग २/१ ले पराजित भएको थियो । बेल्जियमसँग ३–० ले पहिलो खेलमा पराजित भएको रुसले दोस्रो खेलमा फिनल्यान्डलाई १–० ले हराएको थियो । तर डेनमार्कसँग पराजित भएसँगै रुस समूह चरणबाट बाहिरिएको छ ।