इंग्ल्यान्ड र क्रोएसिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश

0
784

काठमाडौं । इंग्ल्यान्ड र क्रोएसिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह चरणको अन्तिम खेलमा मंगलबार राति स्कटल्याण्डमाथि ३ १ गोलको जित निकाल्दै क्रोएसिया समूह उपविजेता बनेको छ भने यता चेक रिपब्लिकलाई १ ० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बानीको हो ।

क्रोएसियालाई जित दिलाउन निकोला भ्लासिच, लुका मोड्रिच र इभान पेरिसिचले एक एक गोल गरे । स्कटल्याण्डका कलुम म्याकग्रिगोरले एक गोल फर्काए । ह्याम्पडेन पार्कमा पेरिसिचको पासमा निकोलाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा कलुमले गोल गर्दै स्कटल्याण्डलाई १(१ गोलको बराबरीमा फर्काए । युरोमा स्कटल्याण्डको यो पहिलो गोल हो । यस जितसँगै समूह डी को क्रोएसियाले ३ खेलमा ४ अंक जोड्यो । र, समूह उपविजेता बन्यो ।

यता वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे । खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन् । ज्याक ग्रेलिसको पासमा उनले गोल गरेका हुन् । जारी युरोमा स्ट्रर्लिङको यो दोस्रो गोल हो ।यस जितसँगै समूह डी को इंग्ल्यान्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ । शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । इंग्ल्यान्डले समूह चरणमा कुनैपनि गोल व्यहोर्नु परेको छैन ।