नेमकिपाको मत क्युवामाथि नाकाबन्दी अविलम्ब फिर्ता हुँनु पर्छ -प्रेम सुवाल

0
1430

भक्तपुर । क्युवामा संयुक्त राज्य अमेरिकाले लगाएको नाकाबन्दी अबिलम्ब फिर्ता हुनु पर्छ । उक्त भनाइ आज भएको “संरा अमेरिका नाकाबन्दी र कोभिड १९ विरुद्ध क्युवाको संघर्ष” विषयक अनलाइन विचार गोष्ठी कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले उक्त भनाइ राख्नुभएकाे हो ।

आज जुम मार्फत भएको विचार गोष्ठीमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले क्युवामाथि संरा अमेरिकाले आर्थिक व्यापारी र वित्तिय नाकाबन्दी गरेर मानवता विरोधि अपराध भएको कुरा व्यक्त गर्नुभएकाे हाे ।

क्युवाले अमेरिकन डलर माथि रोक लगाएर साहासिक कदम भएको र वीर प्रतिरोध गर्न सक्ने क्षमता भएको देश भएको कुरा राख्नु भयो ।

कार्यक्रमा क्युवाली नेताहरुको आफ्नो विचार व्यक्त गर्नुभएकाे थियो भने नेपालबाट पनि नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामागरले आफ्नो विचार व्यक्त गरेको थियो ।