काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मूल्यमा २२ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १२७ र हवाई इन्धन आन्तरिक ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको छ ।