सानदार जितसहित स्पेन नकआउट चरणमा

0
379

काठमाडौं, १० असार २०७८ बिहिबार । स्लोभााकियाको पोस्टमा पाँच गोल छिराउँदै स्पेन युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ।

समूह ‘ई’ का यसअघिका दुई खेलमा बराबरीमा रोकिएको स्पेनले अन्तिम तथा निर्णायक खेलमा जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो।  बुधबार स्पेनले दुई गोल आत्मघातीको रुपमा पाएको थियो।

खेलको ३० मिनेटमा स्लोभाकियाका डुब्राभ्काले आफ्नै पोस्टमा बल छिराउँदा स्पेनले अग्रता लिएको थियो।

पाब्लो साराबियाले ५६ मिनेटमा स्पेनका लागि तेस्रो गोल गरे। फेरान टोरेशले ६७ मिनेटमा अर्को गोल गर्दा स्पेन ४-० ले अघि बढ्यो।  स्लोभाकियाका जुराज कुक्काले ७१ मिनेटमा आत्मघाती गोल गर्दा स्पेनको अग्रता ५-० मा पुग्यो।