काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा १० हजार १३३ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ३२८ जनाको नतिजा पोजिटिभ आएको हो ।यस्तै देशभर कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नौ हजार १९८ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ ।