भक्तपुर । सुर्यविनायक नगरपालिका–१ सिरुटार चमेली वनमा आइतबार दिउँसो एक पुरुष ब्यक्तिको शव फेला परेको छ । अन्दाजी ४०-४२ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।
चमेली वन स्थितमा हरियो ज्याकेट, सुन्तला रंगको हापप्यान्ट र कालो जुत्ता लगाएको, बायाँ हातमा मेडिकलको ब्यान्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाईन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा रहेको साथै हागो भाँच्चिएर भुईमा झरेको अवस्थामा शव फेला परेको परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक गिरीका अनुसार अन्दाजी ५-७ दिन अगाडी झुण्डी मृत्यु भएको सड्न गल्न थालेको दुर्गन्धित अवस्थामा शव फेला परेको हो ।
लाश पोष्टमार्टमका लागी के.एम.सीं अस्पताल दुवाकोट पठाईएको प्रहरीले जनाएको छ । साथै घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।