जनमत सङ्ग्रह अघि नै हाइटीका राष्ट्रपतिको घरमै हत्या

0
861

काठमाडौं। हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गोली हानी हत्या गरिएको छ। हाइटीका अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफका अनुसार राष्ट्रपति मोइसको हत्या बुधबार बिहान गरिएको हो।

अपरिचित समूहले पोर्ट औ प्रिन्सस्थित मोइसको घर पुगी आक्रमण गरेको र मोइसको हत्या गरेका बताइएको छ। आक्रमणमा परी मोइसकी पत्‍नी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। ‘हाइटीको सुरक्षा स्थिति नियन्त्रणमा छ। पर्याप्त मात्रामा सुरक्षा फौज खटाइएको छ। मुलुकको सुरक्षाका लागि आवश्यक कदम उठाइएको छ,’ हाइटी सरकारले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

यद्यपि माइसको हत्याबारेमा थप केही बताइएको छैन। ५३ वर्षिय मोइसले पछिल्लो समय विपक्षीबाट राजिनामाको माग खेपिरहेका थिए। विपक्षीहरूले उनको राष्ट्रपतिय कार्यकाल फेब्रुअरीमै सकिएकाले तुरुन्त राजीनामा दिनुपर्ने बताउँदै आएका थिए। मोइस तथा उनका समर्थकको भने राष्ट्रिपतिय कार्यकाल सकिँन समय रहेको दाबी रहँदै आएको छ। हाइटीमा सन् २०२१ को अन्त्यमा आम निर्वाचन हुने तालिका छ।