भक्तपुर २४ जेठ २०७८, विहिबार । भक्तपुरको मध्यपुर ठिमी अरनिको राजमार्ग अन्तर्गत चारदोबाटोस्थित साझा पेट्रोल पम्प अगाडि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाण्डौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९३ प ९६५२ नं. मोटरसाईकल आफै अनियन्त्रित भई सडकको बाँया पट्टिको रेलिङमा ठोक्किँदा संखुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षिय प्रकाश भट्टराईको मृत्यु भएको हो ।
साँझ साढे ६ बजे भएको उक्त दुर्घटनामा घाईते भट्टराईलाई प्रहरीले उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।
भट्टराईको उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताए ।