काठमाडौँ । सरकारले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक(डिआइजी) सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआइजीमा बढुवा गरेको एक मन्त्रीले बताए । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डिआइजीबाट एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।
केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले एक एआइजीको दरबन्दी सृजना गरेको थियो । यससँगै हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । थापा एआईजीमा बढुवा भएसँगै आइजिपीका एक्ला दाबेदार विश्वराज पोखरेलको प्रतिस्पर्धी बनेका छन् ।