भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ११ पक्राउ

0
1058

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फोक्सिङटार डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीको कोठामा तास खेलिरहेका अवस्थामा भण्डारी लगायत ११ जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ ।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २४ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।