मन्त्रिपरिषदको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने पत्र संघीय संसदलाई पठाएकी हुन्।
राष्ट्रियसभाको चालु अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले अन्त्य गरेको संघीय संसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन्।
‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रिपरिषदको सिफारिसमा सोमबार राति १२ बजेदेखि राष्ट्रियसभाको अधिवेशन अन्त्य भएकोले मंगलबार दिनको ३ बजे बस्नेगरी निर्धारण भएको राष्ट्रियसभा बैठक स्वतः अन्त्य भएको,’ महासचिव गौतमले जारी गरेको सूचनामा भनिएको छ।
भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा असार १७ गतेदेखि अधिवेशन आह्वान गरेकी थिइन्।
