भक्तपुर,२९ असार २०७८ मंगलबार । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को आज भक्तपुरमा बसेको बैठकले रामेश्वर थापाको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
बैठकमा राप्रपा भक्तपुरले समान विचारधारा भएका राजनीतिक दल, संघ,संस्था तथा समुहहरुसँग एकता एवं सहकार्य तथा समन्वय गरि राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनका लागि सशक्त जनजागरण गर्न उक्त समिति गठन गरेको राप्रपा भक्तपुर जिल्ला अध्यक्ष रामशरण लामिछानेले जानकारी गराएको छ ।
राप्रपाका केन्द्रीय सदस्य रामेश्वर थापाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो। उक्त कार्यदलमा संयोजक रामेश्वर थापा,सह-संयोकमा राजेन्द्रप्रसाल लाखा , सदस्य पन्चकृष्ण श्रेष्ठ, मञ्जु कार्की ,सुरेशन दुवाल, धनेश्वरी प्रजापति र सदस्य सचिवमा अर्जुन कार्की रहेको जिल्ला अध्यक्ष रामशरण लामिछानेले जानकारी गराएको छ ।