भक्तपुर ,३१ असार २०७८, विहिबार । भक्तपुरको मध्यपुर थिमि नगरपालिका बालकुमारीस्थित बालकुमारी मन्दिर प्रांगणमा रहेको ऐतिहासिक बालकुमारी पुखू (पोखरी) को पुनर्निमित ढोकामा गजुर प्रतिष्ठापन गरिएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बिहीबार एक कार्यक्रमवीच गजुर राख्ने काम सम्पन्न गरिएको हो ।
नगर प्रमुख श्रेष्ठले पुजा गरी गजुर प्रतिष्ठापन गरेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडाध्यक्ष कुमार श्रेष्ठ, नसस रामकेशरी श्रेष्ठ पनि सहभागी थिए । कार्यक्रममा थुप्रै पत्रकारहरुको जनसहभागिगा रहेको थियो । पोखरी पुनर्निर्माण एक महिनाभित्रै सम्पन्न गर्न सफल भएको खुशी व्यक्त गर्दै उपभोक्ता समितिका पदाधिकारीहरुले सबैलाई धन्यवाद ज्ञापन गरे ।