भक्तपुर,३ साउन २०७८, आइतबार । भक्तपुरमा भोली देखि दुई दिन जोनसन एन्ड जोनसन कोभिड खोप लगाइने भएको छ ।
एक डोज मात्र लगाए पुग्ने उक्त खोप भक्तपुरका ५० देखि ५४ बर्ष समुहका पन्ध्र हजारलाई र खोप छुटेका स्वास्थ्यकर्मी , अपाँग अशक्त र सरसफाई कर्मचारी पन्ध्रहजार गरि ३० हजारलाई खोप लगाउने तायरी गरिएको स्वास्थय कार्यालय भक्तपुरका खोप अधिकृत प्रेम कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
उनले भने, हाल सम्म भक्तपुरमा १८ प्रतिशतले खोप लगाइसकेको र सरकारको नितिअनुसार आगामी चैत सम्म ७२ प्रतिशतले खोप लगाइसक्ने छन् ।भक्तपुरमा खोपका बारे माइक्रोब्यालेन्स प्रभावकारी भएका कारण र खोप केन्द्र अन्य स्थानमा भन्दा अधिक रहेकाले खोप लगाउनेको प्रतिशत राम्रो रहेको उनले बताए ।