भक्तपुर, ४ साउन २०७८, सोमबार । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नगरपालिकाद्वारा सञ्चालित ख्वप सक्रर अवलोकन गरेको छ ।
भक्तपुर नगपालिकाले सञ्चालित ख्वप मावि, ख्वप कलेज, जनस्वास्थ्य सेवा केन्द्र, ख्वप अस्पताल, ख्वप अस्पताल कोभिड युनिट र ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको स्थलगत अवलोकन भ्रमण गरेको हो ।
उक्त अवलोकन भ्रमणमा मुख्यमन्त्री पौडेलले भक्तपुर नगरपालिकालाई विभिन्न हिसाबले सहयोग गर्ने उल्लेख गर्नुहुँदै प्रदेश सरकारले प्रदेशका सबै अस्पतालमा आवश्यकताअनुसार स्वास्थ्य सामाग्री र आवश्यक सहयोग गर्दै आइरहेको बताए ।
भक्तपुर नगरपालिकाको पृथक पहिचान भएको बताउँदै देशको अरु स्थानीय तहले भन्दा भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र पर्यटन उद्योगको विकासमा उदाहरणीय काम गरिरहेको उहाँले बताए ।