भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसित भेट गरेको छ ।
भेटमा विजुक्छेले स्थानीय तहलाई पुर्ण स्वायत्तता दिनु पर्ने विचार राख्नु हुँदै प्रदेशको विकासको लागि स्पष्ट योजनासहित अघि बढ्नु पर्ने कुरा बताए ।
प्रदेश र स्थानीय तहले केन्द्रको मुख ताकेर होइन आफ्नै भरमा विकास गर्नुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष बिजुक्छेँले स्थानीय तहले नयाँ नयाँ स्रोतको खोजी गर्नुपर्छ भन्नुभयो ।
भेतमा विजुक्छे भ्रष्टाचार रोक्न सके धेरै काम हुने बताउनुहुँदै उहाँले वाम पक्षधरहरु निर्वाचित भएका प्रदेश र स्थानीय तहहरुमा इमानदारीपूर्वक राम्रो काम भएमा जनताले सुख पाउँछन् भन्नुभयो ।
मुख्यमन्त्री पौडेलले आफूसँग स्थानीय तहमा लामो समयसम्म काम गरेको अनुभव भएको बताउनुहुँदै आफू स्थानीय तहलाई पूर्ण स्वायत्तता दिनुपर्ने पक्षमा रहेको बताए ।
भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिबारे अध्ययन अवलोकन गर्न पाउँदा खुशी लागेको बताउनुहुँदै उहाँले प्रदेशअन्तर्गतका अस्पतालहरुमा ध्यान गए पनि ख्वप अस्पतालमा आफूहरुको ध्यान नपुगेको हो भनी स्वीकार गर्नुभयो ।