भक्तपर, ७ साउन २०७८, बिहिबार । भक्तपुरको ताथलीमा वडा स्तरीय तरकारी संकलन केन्द्र निर्माण भएको छ । तरकारी खेतीको केन्द्रको रुपमा परिचित ताथलीमा तरकारी संकलन केन्द्र नहुँदा विचौलीयाले मनपरि रुपमा तरकारी उठाएर किसानलाई पाउँन पर्ने उचित मुल्य नपाएपछि किसानहरु निरास भएको हो ।
जनताको गुनासो धेरै आएपछि वडा कार्यालय मार्फत नै तरकारी संकलन केन्द्र निर्माण गर्ने योजना भयो । फलस्वरुप उक्त काम सम्पन्न गर्न उत्तम साखकर्मीको अध्यक्षतामा निर्माण समिति गठन भयो । हप्तादिनमा काम सम्पन्न गर्नु पर्ने सम्झौता बमोजिम काम सम्पन्न भयो ।
करिब ११ लाख ७ हजार ७ सय ८७ रुपैयामा निर्माण भएको उक्त संकलन केन्द्रमा स्थानीय जनसहभागीता मार्फत १ लाख ७ हजार ८७ रुपैया व्यहोरेको छ भने आयोजना मार्फत रु १० लाख रुपैया विनियोजन गरेको हो ।
उक्त आयोजना मार्फत ताथलीमा ५ सय व्यक्ति प्रत्यक्ष लाभान्वित भएको छ ।