भक्तपुर ८ साउन २०७८ शुक्रबार । भक्तपुरको सुर्यविनायकमा कंकाल फेला परको छ। सूर्यविनायक नगरपालिका ७ गुण्डु स्थित सूर्यविनायक जंगलमा रहेको काफलको रुखमुनि मानव शरिरको जस्तो देखिने हड्डी कंकालहरु फेला परेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले काफलको रुखको कापोमा पहेलो नाम्लो सहित हरियो नाइनलको डोरी झुण्डि रहेको सोही रुखको तल भुईमा मानवको जस्तो देखिने २ वटा लामो लामो हड्डीहरु रहेको, रातो रंगको म्याजिक चप्पल र नजिकैको झाडीमा हिलो, माटो लागेको कपडाहरु यत्रतत्र छरिएर रहेकोले कानून बमोजिम घटनास्थल मुचुल्का गरी उक्त कंकाल÷हड्डीहरुलाई संकलन गरी परिक्षणको लागी काठमाण्डौ मेडिकल कलेज दुवाकोट, भक्तपुरमा पठाइएको, घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जानकारी गराएको छ ।