पत्रकार मोहन बल्ललाई मातृशोक

0
77

भक्तपुर, १४ साउन २०७८ । नेपाल पत्रकार महासंघ, भक्तपुरका निवर्तमान कोषाध्यक्ष एवं श्रमजिवी पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ । उनकी ममतामयी माता मिठु बल्लको विहिवार असामयिक निधन भएको हो ।

बिहीवार मध्यान्हमा अचानक ह्दयघात हुँदा छैसठ्ठी वर्षको उमेरमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । सूर्यविनायक ८ सिपाडोल स्थित निवासमा बसिरहेको अवस्थामा ह्दयघात भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा काठमाडौंस्थित मनमोहन कार्डियोथेरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उनको निधन भएको हो ।

उनको पार्थिव शरीरलाई बिहीवार राति नै पशुपतिको आर्यघाटमा पुर्याई अन्तिम संस्कार सम्पन्न गरिएको छ । अन्तिम श्रद्धान्जलीका लागि महासंघका अध्यक्ष जगत कृष्ण प्रजापति, उपाध्यक्ष सुन्दर सिल्पकार, सदस्य रामगोपाल तमखु, रफत संचार क्लबका अध्यक्ष शुसिल बन्धु थापा लगायतका पत्रकारहरु आर्यघाट पुगेका थिए । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ समेत आर्यघाट पुगी अन्तिम श्रद्धान्जली प्रकट गरेका थिए ।

दिवंगत माता मिठुका २ छोरा र १ छोरी छन् । नेपाल पत्रकार महासंघ, भक्तपुरले उनीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै आफ्ना सदस्य बल्ल लगायत शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । सचिव संजीप घिमिरेले पत्रकार बल्लको ममतामयी माताको असामयिक निधनले सिङ्गो महासंघ शोकाकुल बनेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here