दार्चुलाको घटना प्रति नेमकिपाको प्रेस वक्तव्य जारी

0
1631

भक्तपुर । यतिबेला भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेर दार्चुलामा एक जना नेपालीले ज्यान गुमाएको घटनाले देशभर चर्चा लिएको छ । शुक्रवार बिहान ब्याँस गाउँपालिका वडा नम्बर २ मालका स्थानीय ३५ वर्षीय जयसिंह धामी तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका हुन्

उक्त घटना प्रति नेपाल मजदुर किसान पार्टीले शनिवार प्रेस वक्तव्य जारी गरि विरोध जनाउको छ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एव सांसद प्रेम सुवालको हस्ताक्षरमा उक्त प्रेस वक्तव्य जारी गरेको हो ।

उक्त वक्तव्यमा यस्तो भनेको छ “भारतले नेपालको गुन्जीदेखि लिपुलेकसम्म बाटो बनाएकोमा नेपाली जनताको विरोध भईरहेकौ बेला भारतीय सुरक्षा बल (एसएसबी ) का जवानहरुले साउन १५ गते दार्चुलाका व्यास गाउँपालिका वडा न २ राप्ला र भारतको गस्कु जोडिएको टुईन काटि दिंदा अन्दाजी बर्ष ३५ का दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भउको र प्रत्यक्षदर्शीहरुका अनुसार घटना लगतै टुईन काटिदिने एसएसबीका दुई जना जवान भागेको समाचार प्रकाशित भयो ।

यो घटना नेपालीलाई उत्तेजित पारेर आफ्नो अनुकुल निर्णय गराउन देउवा सरकारलाई दबाब दिने वा नेपालको यस क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी ) राख्ने भारतीय शासकहरुको योजना हो कि ? यथार्थ के हो ? नेपाल सरकारले वास्तविकता जनतालाई अविलम्ब जानकारी गराउनु जरुरी छ र दोषीलाई कार्वाइ गर्नु आवश्यक छ ।

नेपालका कतिपय ठाउँमा जनता रोजगारी र बजारको निम्ति भारत निर्भर हुनु पर्ने अवस्था छ । नेपाल-भारत दुवै देशको हितका निम्ति नेपाली भुमि कालापानिबाट भारतीय सेना अविलम्ब हटाउन जरुरी छ । नेपालीलाई रोजगार र बजारको व्यवस्था नेपालमै गर्नु आवश्यक छ । कोभिड- १९ महामारी नियन्त्रण तथा रोकथाम समेतलाई ध्यानमा राखी दुई देशको खुल्ला सीमा बन्द गर्न हामी सरकारको पुन ः ध्यानाकर्षण गराउन चाहान्छौ ।”