पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग

0
1199

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सासंद प्रेम सुवालले चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथली सौडोलको छुकां टोल, गिरीटोल र खड्का टोलमा गउको पहिरो पीडितलाई सरकारको तर्फबाट आवश्यक राहत र सुरक्षा प्रदान गर्नुपर्ने कुरा गरेको छ । उक्त कुरा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक उक्त कुरा राखेको हो ।

पहिरो रोकथामको लागि स्थानीय पूर्वाधार विकास बजेटबाट ढुङ्गा र तारजालीको गेभीन पर्खाल निर्माणमा जग नपुगेको स्थानीय जनताको गुनासो उल्लेख गर्दै सम्बन्धित सरकारी निकायले प्राविधिक परिपक्वतामा जोड दिनु कुरा बताए ।

“विज्ञहरुले २०७२ को भूकम्पछिको भूमि कमजोर भएको, भक्तपुरको खानेपानी मुहान भङ्गेरी डाँडादेखि वरिपरिका डाँडा विनाश हुने गरी डोजर चलाई सडक निर्माण र निजी प्लटिङको कारण बर्सेनि पहिरोको जोखिम बढ्दो छ । भीरमा डोजर चलाई प्लटिङ गरी उपत्यकाबाहिर बेचेर एक दुई वर्षमा करोडौँ र अर्बौँ रुपैयाँ कुम्ल्याउने र यसमा स्थानीय तह साक्षी बस्ने अविलम्ब रोक्नु जरुरी छ ।” सांसद सुवालले प्लटिङ रोक्न प्रशासनको ध्यानाकर्षण गरेको छ।

सांसद सुवालले ३ लाखभन्दा बढी जनसङ्ख्या भएको भक्तपुरमा ८२,३९२ जनाले मात्र पूर्ण खोप पाएको हुँदा सम्पूर्ण भक्तपुरवासीलाई उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गर्नुपर्ने आवश्यकता औँल्याए । खोप उपलब्ध नभएसम्म दूरी कायम गर्ने र भीड रोक्नेतर्फ प्रशासन सजग हुनु जरुरी छ सांसद सुवालले थप्नुभयो ।

बैठकमा अध्यक्षता गर्दै सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बैठकमा प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।