भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

0
806

भक्तपुर । भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका-७ मुहानपोखरी डेरा गरी बस्ने सूर्यगढी नगरपालिका–२ घर भएका साइला घिसिङ भन्ने २४ वर्षीय बिनायक तामाङ रहेका छन् ।

गत असार ४ गते तामाङले ती बालिकालाई आफ्नै डेरामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई बाघटारस्थित त्रिसुली अस्पताल परिसरमा निर्माणाधिन भवनमा काम गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।