भक्तपुर । ख्वप कलेज फयाकलिटी अफ हयुमिटिजको आयोजनामा आइतबार मानविकी किन ? विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रममा पाँंच जना विशिष्ट व्यक्तित्वहरुले अतिथि वक्ताको रुपमा रहने तय गरिएको छ ।
भक्तपुर बहुमखी क्याम्पसका क्याम्पस प्रमुख डा. कृष्ण पोखरेल, ख्वप कलेजका प्रिन्सिपल रुपक जोशी, बागीश्वरी कलेजका प्रिन्सिपल धनकुमार श्रेष्ठ, ख्वप कलेजका इतिहास तथा संस्कृति विषयमा प्राध्यापक प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठ र त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस कीर्तिपुर काठमाडौंका अंग्रेजीका सहप्राध्यापक कोमल फुँंयालले बोल्नुहुने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा सहभागी हुन आयोजकले सम्पूर्णमा अनुरोध गरेको छ ।