काभ्रे, १७ साउन २०७८ आईतबार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रे जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय काभ्रे मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेमकिपा काभ्रेका उपाध्यक्ष पुण्यशोभा श्रेष्ठ, सदस्य धनबहादुर तामाङको उपस्थितिमा नेक्राविसङ्घका उपाध्यक्ष तारा न्यौपानेले प्रजिअ शिवराम पोखरेललाई ज्ञापनपत्र बुझाउनु भएको हो ।
ज्ञापनपत्रमा कोभिड १९ महामारी नियन्त्रण तथा रोकथाममा ढिलाइ, एमसीसी खारेजी, भारत अतिक्रमित भूमि फिर्ताको माग, प्राकृतिक प्रकोप पीडितहरूको व्यवस्थापन, नि शुल्क तथा अनिवार्य शिक्षाको माग, बढ्दो महंगी नियन्त्रण लगायतका विषय समावेश गरिएको छ । ज्ञापनपत्र प्रदान कार्यक्रममा नेक्राविसङ्घ काभ्रेका होइसल तामाङ, राजु तामाङ, आकाश मानन्धर, सुशीला तामाङलगायतको उपस्थिति थियो ।