निषेधाज्ञामा शैक्षिक संस्था सञ्चालन तथा धार्मिक गतिविधिमा निषेध कायमै राखिएको छ। विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टर, तालिम केन्द्र भौतिक उपस्थितिमा सञ्चालन गर्न नपाउने र पुजारीबाट नित्य पूजाबाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाउनेछैन ।
यस्तै, खुलास्थानमा जम्मा हुन, भीडभाड गर्न, सभाजुलुस, जात्रा महोत्सव, भोजभतेर पाइनेछैन। यस व्यवस्थालाई थप कडाइका साथ लागू गरिने प्रशासनले जनाएको छ ।
पार्टी प्यालेस, सिनेमा हल, रेस्टुँरा, डान्सबार, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने कार्यक्रम सञ्चालनमा पनि रोक लगाइएको छ ।