काठमाडौं । शुक्रबारदेखि कोरोनाविरुद्धको दोस्रो डोजको खोप अभियान देशभर सुरु गरिने भएको छ। गत असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले शुक्रबारदेखि दोस्रो डोज पाउने स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।


पहिलो डोज लगाएका ५५ वर्षदेखि माथिका नागरिकलाई २१ दिनपछि दोस्रो डोज दिन लागिएको हो। यस्तै, अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइटमा अनिवार्य नाम दर्ता गर्नु पर्ने विभागले जनाएको छ। मन्त्रालयले यसकै आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोपको व्यवस्था गर्ने स्पष्ट पारेको छ।