वैकल्पिक माध्यमबाट कक्षा १२ को परिक्षा तत्काल सञ्चालन गर्न नेक्राविसंघको माग

0
1558

भक्तपुर, २०७८ साउन २४ आइतबार । राष्ट्रिय परिक्षा बोर्डले साउन ३१ गतेबाट सञ्चालन गर्ने भनिएको कक्षा १२ को परिक्षा शनिबार बसेको बोर्ड बैठकले स्थगित गरिएको छ । उक्त निर्णयको विरुद्धमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले विज्ञप्ति मार्फत वैकल्पिक माध्यमबाट कक्षा १२ को परिक्षा तत्काल सञ्चालन गर्न बोर्डसँग माग गरेको छ ।

परिक्षाको तयारी अन्तिम चरनमा आएर स्थगित गर्दा विद्यार्थी र अभिभावक अन्योल भएको विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीलाई कोभिड विरुद्धको खोप, निःशुल्क स्वास्थ बिमाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै २०७६ र २०७७ सालको एसईई परिक्षाको नतिजा आन्तरिक मुल्यांकनकै आधारमा नतिजा प्रकाशित गरेकोले विद्यार्थीसँग उठाएको ४५ करोड परिक्षा शुल्क विद्यार्थीलाई नै फिर्ता गर्न माग गरेको छ ।