जेँला पोखरी सफाई

0
1603

भक्तपुर । भक्तपुर नगरको जेँला पुखुचा गल्ली स्थित रहेको जेँला पोखरीमा मंगलबार स्थानीय युवाहरूको सक्रियतामा सरसफाइ गरेको छ ।

आफ्नो टोलमा रहेको ऐतिहासिक पोखरीको सरसफाई गर्न पाउँदा स्थिनिय युवाहरु हर्षका साथ पोखरी भित्र रहेको माटो ईट्टाकाहरुलाई पन्छ्याउँदै पाखरी सफाई गरेको हो । उक्त पोखरी भक्तपुरको ऐतिहासिक पोखरी मध्य जेँला पोखरी पनि एक हो ।

२०७२ सालको भूकम्पमा पुरिएको उक्त पोखरी स्थानीय युवा तथा जनप्रतिनिधिको सक्रियता २०७६ सालमा पुनःनिमार्ण सम्पन्न भएको थियोे ।

उक्त पोखरी सम्पन्न भए लगत्तै स्थानीय युवाहरूको सहभागीता हरेक वर्ष सरसफाइ गर्दै आएको सरसफाइ कार्यक्रमका संयोजक एवं पोखरी पुनःनिर्माण उपभोक्त समितिका अध्यक्ष पुण्यराम बोहजू बताए ।