भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा सामुदायिक सिकाइ केन्द्र तथा बिपि नेत्र प्रतिष्ठानको सयुक्त आयोजनामा स्वास्थय शिविर सम्पन्न भएको छ । उक्त शिविरमा आखा, नाक, कान, घाटि ,रक्तचाप तथा अक्सिजन लेभल परिक्षण गरेको हो ।
सिपाडोलको पाटिभन्ज्याङ समन्न उक्त स्वास्थ्य शिविरमा ७० जना प्रत्यक्ष लाभावित्त भएको सिकाई केन्द्रका अध्यक्ष उत्तम सेजवालले बताए । आगामी दिनहरुमा थप प्रत्यक्ष रुपमा सबैले लाभ लिने हिसाबले थप गतिविधिलाई तिब्रताका साथ गर्ने सिकाई केन्द्रका अध्यक्ष उत्तम सेजवाले जानकारी गराएको छ ।
उक्त शिविरको व्यवस्थापनमा चियर्स हेल्थ क्लब शान्तिनिकेत राममन्दिरल पनि साथ दिएको थियो ।