दुर्लभ थापालाई हराएर देखाउन बस्नेतलाई देउवाको चुनौति

0
786

भक्तपुुर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन उद्घाटन गरेका छन् ।

देउवाले सूर्यविनायक नगरपालिका वडा नम्वर ५ पुगी वडा तहको अधिवेशन उद्घाटन गरेका हुन् । अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको स्थायित्व र संविधानको रक्षाका लागि कांग्रेसको महाधिवेशन सफल बनाउनुपर्ने उनको भनाई थियो ।

कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन पनि महाधिवेशन सफल बनाउनुपर्ने प्रम देउवाको धारण थियो ।

अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै देउवाले भने, ‘महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो हो ।’ उनले पार्टीलाई संवैधानिक संकट आउन सक्ने भएकाले कोरोनाको जोखिमकाबीच महाधिवेशन गर्नुपरेको उल्लेख गरेका थिए ।

केहि दिन अगाडी नेकपा एमालेका नेता महेश बस्नेतले आफूलाई भक्तपुर क्षेत्र नम्वर २ मा चुनाव लड्न आवहान गर्दै आफूले देउवालाई नै हराउने भन्दै गरेको टिप्पणीलाई बचपना भन्दै देउवाले आफूलाई हैन पहिला भक्तपुर काँग्रेसका सभापति दुर्लभ थापालाई नै हराएर देखाउन चुनौती दिए ।

बस्नेतको क्षेत्रमा नै आयोजित कार्यक्रममा उनले बस्नेतलाई पहिला भक्तपुर काँग्रेसका जो कोही लाई पनि हराएर देखाउन चुनौती दिएका हुन् ।

भक्तपुरका ३८ वडामा नै एकै दिन अधिवेशन

भक्तपुरका ३८ वडा मा नै शुक्रबार एकै दिन अधिवेशन शुरु भएको छ । भक्तपुर नगरपालिका वडा नम्वर १० मा भने सर्वसहमत नै सवै पदाधिकारी एवं प्रतिनिधि तय भएपनि अन्य ३७ वडामा भने निर्वाचन नै हुने सम्भावना बढेको भक्तपुर काँग्रेसले जनाएको छ । भक्तपुरमा देउवा, सिटौला, पौडेल लगायतका सवै प्यानलका नेता कार्यकर्ताहरु रहेका छन् ।