गाउँ-गाउँबाट एमसीसीको विरोध

0
931

भक्तपुर । एमसीसी सम्झौता नेपाल सरकारलाई एउटा विदेशी कम्पनीको मातहतमा राख्ने गलत नियत ल्याएको हुँदा त्यसलाई कुनै पनि हालतमा स्वीकार्नु हुँदैन ।

उक्त भनाई नेपाल मजदुर किसान पार्टी सुडाल समितिको आयोजनामा वृहत कार्यकर्ता भेलामा अतिथिहरुले राख्नु मन्तव्य भएको हो ।

पञ्यन्नती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड ( भाद्र ९) को विरोध तथा भत्सना कार्यक्रममा अतिथितिहरुले भक्तपुर काण्डबारे चर्चा गर्नुका साथै एमसीसीको विरोध समेत गरेको छ ।

नेमकिपा सुडाल समितिको आयोजनामा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रविन्द्र ज्याख्वको समेत उपस्थिति रहेको कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुन्छे भक्त फोजु , केशव प्रसाद तिमिल्सिना, शन्तराम दुलालले भक्तपुर काण्डबारे चर्चा परिचर्चा गर्नुका साथै एमसीसीको विरोध समेत गरेको छ ।