भक्तपुरका तिलक प्रकाश कायस्थलाई बी.पी.सेनानी पुरस्कार

0
1195

भक्तपुर । जननायक बी.पी.कोइराला स्मृति ट्रष्टले प्रत्येक वर्ष प्रदान गर्ने बी.पी.सेनानी पुरस्कार यो पटक भक्तपुर जिल्लाका प्रजातन्त्र सेनानी तिलक प्रकाश कायस्थलाई दिने निर्णय गरेको छ। लामो समयसम्म जेलमा र निर्वासनमा रहेर प्रजातन्त्र स्थापना, पुनर्स्थापना तथा लोकतान्त्रिक गणतन्त्र स्थापनामा समेत उनले पुर्‍याएको योगदानको कदर गर्दै सो पुरस्कार दिने निर्णय गरेको हो ।

यी पुरस्कार बी.पी.जयन्तीको दिन, यही भाद्र २४ गते प्रदान गरिने छ । ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्यहरु डा. धुब्रचन्द्र गौतम् र सुशील मान शेरचन समेतको सिफारिस समितिको सर्वसम्मतिबाट यो निर्णय गरिएको हो ।