काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशैभर वर्षा भइरहेको जनाएको छ । आइतबार रातिदेखि नै परेको वर्षाले कतिपय स्थानमा बढी आएको छ भने कतिपय स्थान डुबानमा परेका छन् ।
वर्षाको क्रम जारी रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले देशभर भइरहेको लगातारको वर्षाले देशका विभिन्न भूभागका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको भन्दै सतकर्ता अपनाउन आग्रह गरेको हो ।
बाग्मती, विष्णुमती, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढी आएको छ । नदीहरुमा पानीको सतह सडक भन्दा माथिसम्म आएको छ ।
टेकु, कालीमाटी, शोभा भगवती, थापाथली, बोहोराटार, गोङ्गबु, मैतीदेवी, रातोपुल क्षेत्र पुरै डुबानमा परेका छन् ।
काठमाडौंको बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा कलसतहले सतर्कता तह पार गरेको र बढ्ने क्रममा रहेको बताइएको छ । काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा बढी वर्षा भएकाले पनि त्यसले थप क्षति गर्न सक्ने आँकलन गरिएको छ ।