भान्सामा नभई नहुने मसला बेसार स्वास्थ्यका दृष्टिले निकै उपयोगी मानिन्छ । यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोगमाआएको विश्वास गरिन्छ । आयुर्वेद र चिनिया औषधि विज्ञानमा बेसार संक्रमण स्वस्थ पार्न र शरीर भित्र तथा बाहिरको जलननिको पार्न प्रयोग हुँदैं आएको पाइन्छ । आयुर्वेदमा त यो सबै भन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ । तर पश्चिमी देशमा केही दशक यता मात्र बेसारको उपयोगिता बारे थाहा भएको हो । यसका फाइदाहरू निम्न छन् :
क्यान्सर निको पार्छ : बेसारमा पाइने सर्कुमिननामक मुख्य तत्वले टाउको र घाँटीमा क्यान्सर वृद्धि गर्ने इन्जाइमलाई रोक्छ । यो अमेरिकाको मेरिल्याण्डमा गरिएको अध्ययनबाट प्रमाणित भएको हो ।
शक्तिशाली एन्टिअक्सिडेन्ट: युनिभर्सिटी अफ मेरिल्याण्डमा गरिएको अध्ययनमा बेसारमा शक्ति शाली एन्टिअक्सिडेन्ट तत्व हुन्छ, जसले क्यान्सर गराउने तत्वबाट लड्न मद्धत गर्छ । यसका साथै अन्य धेरै अध्ययनहरूले बेसारमा पाइने सर्कुमिन तत्वले प्रोस्टेट, छाला र कोलोन लगायतका अन्य विभिन्नखाले क्यान्सर हुनबाट समेत रोक्छ ।
रोगप्रतिरोधी: बेसारमा लिपोपोलिसेच्चाराइड नामकतत्व हुन्छ । यसले शरीरको रोगप्रतिरोधी क्षमतालाई अझ मजबुत बनाउछ । शरीरमा ब्याक्टेरियाको समस्याबाट पनि बचाउँछ । फंगलइन्फेक्सनबाट पनि बचाउने गुण यसमा हुन्छ ।
शारीरिक सौन्दर्यमा: बेसारको प्रयोग स्वास्थ्यका दृष्टिले मात्रनभई शारीरिक सौन्दर्यका हिसाबले पनि गरिन्छ । यसले अनुहारमाअनावश्यक पत्र जम्नदिँदैंन र बढ्दो उमेरको प्रभाव रोक्छ । यसका लागि तीन चम्चा बेसनमा एक चौथाई बेसार र पानी मिसार पेष्ट बनाउनुपर्छ । अनुहारमा लगाएर सुक्न दिएपछि मनतातो पानीले हल्का मसाज गर्दै धुनुपर्छ ।
चाउरीमा: काचो दुध, गोलभेंडाको रस, चामलको पिठो र बेसार मिसाएर पेष्ट बनाउनुस् । यसलाई अनुहारमा लगाएर सुक्न दिनुर्प । दुधमा रहेको ल्याक्टिक एसिडले छालाको मृत कोषिकालाई मर्मत गर्छ । मही र उखुको रसमा बेसार मिसाएर पिउने गर्नाले आँखाको मुनीहुने कालो घेरा र चाउरी ठीक हुनछ ।
उत्कृष्ट प्राकृतिक एन्टिबायोटिक: बेसारमा दुध मिसाएर सेवनगर्नाले छाला, पेट र शरीरका अन्यकयौं रोग निको पार्न मद्दत गर्छ । दुध प्राकृतिक प्रतिजैविक भएकाले यसले शरीरको प्राकृतिक संक्रमण रोक्छ । बेसार र दुधदुवै गुणकारी हुन्छ ।
यदि यी दुवैलाई एक साथ मिसाएर सेवन गर्नाले डबल फाइदा हुन्छ । गर्मीमा एक चौथाई चम्चा र जाडोमा आधा चम्चा बेसार मिसाएर एक गिलास दुधमा मिसाएर पिउनाले लाभदायी हुन्छ । दिनहुँ बेसार मिसाइएको दुध पिउनाले शरीरमा पर्याप्त मात्रा माक्याल्सियम प्राप्त हुन्छ । हड्डी स्वस्थ हुन्छ । यसबाट ओष्टियोपोरोसिसका रोगीलाई फाइदा हुन्छ ।