शान्तिपुर्ण प्रदर्शनमा प्रहरी दमन गराउने गृह प्रशासनका अधिकारीहरुमाथि कार्वाई गर्न नेमकिपाको माग

0
1409

भक्तपुर,२१ भाद्र २०७८ सोमबार । आज सोमबार काठमाडौंमा नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको संयुक्त आयोजनामा देशघाती एमसीसी सम्झौंता खोरेजीको मागसहित शान्तिपुर्ण रुपमा जुलुस र सभा गरेको थियो । तर उक्त शान्तिपुर्ण विरोध जुलुसमा प्रहरी दमन भयो । प्रहरी दमन पछि कयौं नेता कार्यकर्ता घाइते भए । उक्त शान्तिपुर्ण विरोध प्रदर्शनमा प्रहरी दमन पछि नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिले शान्तिपुर्ण विरोघ प्रदर्शनमा प्रहरी दमन गराउने गृह प्रशासनका अधिकारीहरुलाई कार्वाई गर्न माग सहित प्रेस वक्तव्य जारी गरेको छ ।

उक्त प्रेस वक्तव्य नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको हस्ताक्षरमा जारी गरेको हो ।

उक्त प्रेस वक्तव्यमा ”सरकारको मलत कामको विरोध गर्नु जनताको संबैधानिक अधिकार हो । नेपाल मजदुर किसान पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा २०७८ भाद्र २१ आज देशघाती एमसीसी सम्झौता खारेजीको मागसहित काठमाडौंमा जुलुुस र सभा भयो । जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विरोध प्रर्दशनबारे अगाडि नै लिखित जानकारी गराइएको थियो ।

प्रहरीले शान्तिपुर्ण प्रदर्शनलाई छेकेपछि पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई,पार्टी केन्द्रीय सदस्य रविन्द्र ज्याख्वलगायत नेताहरुले खटिएका प्रहरी नायक उपरीक्षकसंग समन्वय गरी विरोध सभा शुरु गर्न लागेको बेला प्रहरीले प्रर्दशनकारीमाथि अचानक लाठी प्रहार गर्‍यो । गृह प्रशासनको प्रहरी लाठी प्रहारमा भक्तपुरका कृष्ण प्रसाद दुमरुको टाउकोमा गम्भीर चोट लागेको र हाल उहाँको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ । शान्तिपुर्ण प्रर्दशनमा सहभागी लक्ष्मीप्रसाद ह्यौंमिखा , कृष्णप्रसाद कोजु , रामेश्वर रानामगर, दिनेश विक ,श्याम बासुकला ,जगतराम धुख्वा , रोनित त्वायनालगायत दजौं घाइते हुनु भएको छ ।

शान्तिपुर्ण विरोध प्रदर्शनमा लाठी प्रहार गरी प्रदर्शनकारीहरुको टाउको फोड्ने गृह प्रशासनको नेपाल मजदुर किसान पार्टी विरोध एवम् निन्दा गर्दछ । शान्तिपुर्ण प्रदर्शनमा प्रहरी दमन गराउने गृह प्रशासनका अधिकारीहरुमाथि कार्वाई गर्न हामी माग गर्दछौ । एशियामा युद्द थोप्ने र नेपालमा पनि अमेरिकी सैन्य अखडा राख्ने नियतसहित अगाडि बढाइएको एमसीसी सम्झौता खारेजीको संघर्षमा साथ दिन सम्पुर्ण जनतालाई हामी पुन आह्वान गर्दछौं ।”