भक्तपुरको चित्तपोलबाट इन्द्रध्वजोत्थान गर्न विधिपूर्वक सल्लाको रुख काटियो

0
691

भक्तपुर । हरेक वर्ष ‘भाद्र शुक्ल द्वितिया’ को दिन काठमाडौं उपत्यकामा मनाइने ‘ययाँः पुन्हि’ को इन्द्रध्वजोत्थान गर्न भक्तपुरको चित्तपोलबाट विधिपूर्वक सल्लाको रुख काटि हनुमानढोका दरबार परिसरमा ल्याउने चलन अनुरुप उक्त रुख काटिएको छ ।

बुुधबार बिहान १०ः५२ मा वनयात्राको शुुभसाइत थियो भने वृक्षकर्तनको साइत राति ७ः२७ मा रहेको थियो । काठमाडौं उपत्यकामा मनाइने ‘ययाँः पुन्हि’ को पूर्वार्द्धमा सम्पन्न गरिने ‘यःसिं थनेगु’ इन्द्रध्वजोत्थान गर्न परापूर्व कालदेखि नै भक्तपुरको यही सल्लाघारीबाट सल्लाको रूख ल्याउने चलन रहेको छ।

हरेक वर्ष ‘भाद्र शुक्ल द्वितिया’ को साइतमा विधिपूर्वक सल्लाको रूख काटी हनुमानढोका दरबार परिसरमा ल्याई ईन्द्रध्वत्सव मनाउने गरिन्छ।

काठमाडौंको केन्द्रीय मानन्धर संघ, नेपाली सेनाको शार्दुुलजंग गुुल्म (गुुरुजुुको पल्टन), इन्द्रजात्रा व्यवस्थापन समिति चित्तपोल गई सो रुख छानि विधिवत पुजा गरि शुभ साईतमा रुख काट्ने परम्परा रहँदै आएको छ ।