भक्तपुरबाट मन्त्री बनिन सरस्वती

0
932

भक्तपुर । भक्तपुरबाट पहिलो महिला मन्त्री बागमती प्रदेश सभा सदस्य सरस्वती बाटी हुनु भएको छ ।
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले आज गरेको मन्त्रिपरिषद् विस्तारमा सरस्वती बाटी राज्यमन्त्री हुनु भएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री हुनु भएकी उहाँ भक्तपुरकी नै पहिलो महिला मन्त्री समेत बन्नु भएको छ ।

बुधबार विस्तार भएको मन्त्री मण्डलमा ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।