ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्मशमशेर राणाको निधन

0
703

काठमाडौँ । व्यवसायी रुक्म शमशेर राणाको निधन भएको छ । डाबर नेपालको प्रबन्धक निर्देशकसमेत रहेका राणाको काठमाडौँको बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको हो ।

उनी सन् २००९ देखि २०११ सम्म भारतको लागि नेपाली राजदूत भएका थिए । उनी राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिवसमेत भएका थिए ।