भक्तपुर । भक्तपुरका विश्वराम कवांको जीवनीमा आधारित ‘मेरो जीवन यात्रा’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा लेखकले आफनो बाल्यकालदेखि अहिलेसम्मको जीवन यात्राकाबारेका विभिन्न पक्षहरुकाबारेमा बयान गरेका छन् । भक्तपुर नगरपालिका वडा नं ७ मा जन्मेका विश्वराम अहिले ६१ व्र्षका रहेका छन् । पुस्तक ६ खण्डमा विभाजित छ । पारिवारिक जीवन र विश्वराम कवां, खेलकुदमा विश्वराम कवां, शिक्षामा विश्वराम कवां, भक्तपुर काण्ड र विश्वराम कवां, सामाजिक कार्य र विश्वराम कवां र व्यवसायिक यात्रा र विश्वराम कवां गरी पुस्तक ६ भागमा विभाजित छन्
पुस्तकमा उनकोबारेमा विभिन्न नौ जना विद्धानहरुले लेखेका कुराहरु ठाउँंठाउँंमा प्रस्तुत गरेका छन् । उनको शिक्षण पेशा, उनको खेलकुद, उनको समाजसेवा, उनको व्यवसाय आदि विषयमा बुझेकाचिनेका व्यक्तिले उनकोबारेमा लखेको विषयवस्तु वीच
वीचमा पुस्तकका समावेश छन् । खेलकुद जीवनकोबारेमा रवीन्द्र खर्वुजा, शिक्षणबारेमा डा किशोर हाकुदुवाल, सामाजिक कार्यकोबारेमा रामगोपाल कर्माचार्य, ज्ञानसागर प्रजापति, भक्त राजभण्डारी, नारायणबहादुर दुवाल, न्हुछेभक्त कवां, रामगोपाल कर्माचार्यलगायतले उनको बारेमा लेखेका छन् ।