भक्तपुर । नेपालमा कम्युनिष्ट र काँग्रेसको विकल्प अब राप्रपा भएको अध्यक्ष पशुपति शमशेर राणाले बताए । भक्तपुरमा आयोजित राप्रपा जिल्ला समायोजन कार्यक्रममा राणाले विगतका दिनमा विगतका दिनमा ठूला दुई कम्युनिष्ट मिल्दा पनि बेइमानी र भ्रष्टाचारको जगमा राजनीति गर्दा हालको अवस्थामा देश पुगेको बताउँदै यिनिहरुको विकल्प राप्रपा मात्र हुन सक्ने उनले बताए ।
उनका अनुसा तीन वर्ष भन्दा बढि पुर्ण बहुमतको सरकारले देशमा के ल्यायो त भन्दा हात्ती आयो हात्ती आयो फुस्सा बनाए जस्तै उल्टै उनीहरु तीन टुक्रामा विभाजनको संघारमा पुगे , यसरी हेर्दा पनि नेपालका ठूला पार्टी अव काम नभएको उनको जिकिर गरे । अव ठूला भनिएका पार्टीबाट जनताले मुक्ती चाहेका छन् त्यसको विकल्प राप्रपा मात्र भएको राणाले बताए ।
अध्पक्ष राणाले अब राप्रपा नफुट्ने बताए । राप्रपा जनताको चाहेको जनताले रुचाएको पार्टी र कम्युनिष्ट र काँग्रेसको विकल्प रुपमा राप्रपा अधि सरेको बताए ।
उक्त कार्यक्रममा कमल थापाले एमसीसी विदेशीको रणनितिक स्वार्थको प्रतिस्पर्दाको थलो भएको बताए । एमसीसीको विवाद नेपालीको हितमा भन्दा पनि विदेशी शक्तिको हितका लागि भएको उनको आरोप रहेको थियो । नेपालको राष्ट्रियता त भविश्य नै खतरामा पर्न सक्ने भन्दै उनले एमसीसी जस्ता धेरै राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज गरिनु पर्ने उनको भनाई थियो । गणतन्त्र केहि सिमित नेताको पोल्टाको तुरुप भएको बताउँदै उनले माफियाहरु स्थानीय तह देखि सदन सम्म पस्दा एउटा वडामा चुनाव लडन पनि २० औं लाख खर्च गर्नू पर्ने अवस्था आएको छ यो प्रजातन्त्र हैन यो विकृति हो थापाले बताए ।
ठूला दलका केहि सिमित दलका नेताले संवैधानिक आयोगका प्रमुखहरुलाई नै खरिद गरी आफ्नो खल्तीमा हालेको आरोप लगाए । उनले राजनीतिक दल र नेतालाई बाटो देखाउँने संवैधानिक आयोग न्याय लोक सेवा अख्तियार आदी भनेका रेफ्रि भएको बताउँदै उनले यीनलाई पनि आफ्नो पोल्टामा पार्दै भ्रष्टाचारलाई सिस्ट्राचार जस्तै बनाई रजाई गरी रहेको आरोप लगाए । काँग्रेस र कम्युनिष्टको विकल्प अव राप्रपा नै भएको उनको पनि दावा गरे । हिन्दु राज्य र राजा सहितको सार्वभौम सत्ता नै अवको विकल्प भएको उनको भनाई थियो ।