कराते तथा किकबक्ङ्गिका खेलाडीहरुलाई बिदाई

0
963

भक्तपुर । सुर्यविनायक नगरपालिका खेलकुद उपसमितिले कराते तथा किकबक्सिङ्ग खेलाडीहरुलई बिदाई गरेको छ । नेपाल सितोरियो कराते संघ शंखधर डोजोको आयोजनामा हुने प्रथम अन्तर नगर मेयर कप कराते तथा किक बक्सिङ्ग प्रतियोगितामा सुनपाबाट सहभागी हुने खेलाडीहरुलाई बिदाई गरेको हो ।

उक्त विदाई कार्यक्रममा सुर्यविनायक नगर खेलकुद समितिका संयोजक एव सुर्यविनायक नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष किरण थापाले उक्त खेलाडीहरुलाई विदाई गरेको हो ।

उक्त कार्यक्रममा संयोजक थापाले सहभागी सबै खेलाडीहरु ट्रयसुत वितरण समेत गरेको छ । साथै प्रतियोगितामा प्रथम हुनेलाई १० हजार , दास्रोलाई ७५ हजार र तेस्रो हुनेलाई ५ हजार नगद दिने घोषणा समेत गरेको छ । उक्त विदाई कार्यक्रममा कराते बक्ङ्गिका गुरुहरुको पनि सहभागीता थियो ।


उक्त मेयर कपमा भाद्र २७ र २८ गते मध्यपुर ठिमीमा हुने आयोजक समितिले जानकारी गराएको छ ।