भक्तपुर । बागमती प्रदेशमा भक्तपुरबाट पहिलो महिला मन्त्री बागमती प्रदेश सभाका सदस्य सरस्वती बाटीलाई भक्तपुरमा भब्य स्वागत गरेको छ । भक्तपुरको मध्यपुर ठिमीमा भएको कार्यक्रममा मन्त्री बाटीलाई नेपाल खेलकुद महासंघ भक्तपुर जिल्ला समितिले स्वागत तथा बधाई गरेको हो ।कार्यक्रममा पुर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नव नियुक्त बागमती प्रदेशका राज्यमन्त्री सरस्वती बाटीलाई बधाईका साथ कार्यकालको शुभकामना व्यक्त गरेको छ । उक्त कार्यक्रममा मध्यपुर ठिमी नगरका नगर प्रमुख मदन सुन्दर श्रेष्ठ लगाए अतिथि र भक्तपुरबासीहरुले मन्त्री बाटीलाई भब्य स्वागत गरेको हो ।
मन्त्री बाटी उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री हुनु भएको हो । मन्त्री बाटीले समग्र नेपाली जनतहरुलाई धन्यबाद भव्य गरेको छ । जनताको मतले नै आफ्नो जित भएकोले र जनताकै इच्छा अनुसार आफु मन्त्री भएकोले जनता माफ नै गएर जनताको सेवा गर्ने बचन व्यक्त गरेको छ । महिलाले केहि गर्न सक्दैन भन्ने समाजको भ्रमलाई चिर्न आफ्नो थप मेहेनत लगनका साथ काम गर्ने छु भनि मन्त्री बाटीले बताईन् ।