ख्वप साकोसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
769

भक्तपुर। ख्वप बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा संस्थाका संचालक, सल्लाहकार ,लेखा समिति र विभिन्न समिति र उपसमितिका सदस्यहरु वीच अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।

सो अवसरमा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं माननीय संघीय सांसद प्रेम सुवाल सहकारीले सदर सधैं शेयर सदस्य र स्थानीयको सास्कृतिक स्तर उकास्न प्रयास गर्नुपर्ने बताउनुभयो । स्थानीय भाषा ,कला संस्कृति सरक्षण नेपाल भाषाको तालिम आवश्यक छ , शुद्ध भाषा बोल्न लगाउनुको निम्ति भाषा तालिम सहकारी संघसंस्थालाई दिनुपर्ने बताउनुभयो ।

अतिथि सुवालले सहकारी संघसंस्थामा पनि महिला ३३ प्रतिशत आवश्यक रहेको चर्चा गर्दै सहकारीमा नेतृत्व गर्न महिला दिदीबहिनीहरुको पनि अध्ययनशील हुनुपर्ने र आर्थिकरुपमा सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले संसदमा विचाराधीन एमसीसीबारे बोल्नुहुँदै यो सम्झौता नेपालको सार्वभौमिकतामा आँच आउने सम्झौता हो । यसले अमेरिकन सैनिक नेपालमा प्रवेश गर्न बाटो खुला हुन्छ ।

संस्थाका अध्यक्ष राजकुमार लघुले संस्थाको गतिविधि र निर्णय बारे प्रष्ट पार्द संस्थाको दिगोपनाका लागि जग्गा खरिद गरेको छ । संस्थाले आगामी कार्यक्रमको रुपमा वार्षिक समीक्षा आयोजना गर्ने र सदस्यहरुलाई सरकारी एेन नियम बारे प्रशिक्षित गर्न नियमित रुपमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने बताउनुभयो । कार्यक्रममा संस्था का सचिव लक्ष्मी नारायण सुवाल अमर बासुकला र संस्थाका सञ्चालक विकास ब्यान्जुले पनि बोल्नुभएको थियो । अभिमुखीकरण कार्यक्रममा शिक्षा उपसमितिका केजी आचार्य, बचत उप समितिका रोजी लघु, महिला उपसमितिका रिता मैया बासु कला , स्वास्थ्य उपसमितिका निल कमल सुवाल,कूषि उपसमितिका राजाराम बासुकला, अतिरिक्त कूयाकलाप उप समितिका अजेन्द लघु र ऋण उप समितिका राजु ब्यान्जुले, आ-आफ्नो समितिले गर्ने बार्षिक कार्यक्रम पेश गरेका थिए।