ख्वप साकोसको स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान सम्पन्न

0
1060

भक्तपुर , २ असोज २०७८। ख्वप बचत तथा ऋण सहकारी संस्थाको १५ औं स्थापना दिवसको अवसर व्यासीमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।

सो अवसरमा संस्थाका अध्यक्ष राजकुमार लघुले ख्वप साकोसको पृष्ठभुमिबारे चर्चा गर्दै संस्थाको प्रमुख उदेश्य शेयर सदस्यहरुको आर्थिक सांस्कृतिक , सामाजिक र शैक्षिकस्तर उकास्ने हो । । सामाजिक कार्य अन्तरगत आज रक्तदान कार्यक्रम आयोजना गरेको बताए  ।

संस्थाका सचिव लक्ष्मी नारायण सुवालले संस्थाको बार्षिक कार्यक्रम अन्तरगत संस्था समुदाय आधारित भएकोले स्वास्थ्य उप–समितिको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरेको बताए । संस्थाको स्वास्थ्य उप–समितिको संयोजक निल कमल सुवालले रक्तदान गर्ने महानुभावहरुलाई धन्यबाद व्यक्त गरे । रक्तदान कार्यक्रममा २६ जना जना युवाहरुले रक्तदान गरे । रक्तदान कार्यक्रममा कान्तिपुर अस्पताल रक्त संचार सेवा तिनकुने,काठमाण्डौ र व्लड डोनर्स एशोसियसन नेपालले पनि प्राविधिक सहयोग गरेको थियो ।