भक्तपुर । भक्तपुरमा अब संम्वेदशिल उपचार पनि हुन थालको छ । शनिबार भक्तपुरमा रहेको भक्तपुर इन्टरनेशनल हस्पिटलले उक्त संम्वेदशिल उपचार भक्तपुरबाट सुरुवाट गरेको हो ।
शनिबार भक्तपुर इन्टरनेशनल हस्पिटलको परिक्षा जस्तो थियो चैत्र १६ गतेदेखि मात्र संचालन गरेको हस्पिटलले मानिसको घुँडा नै फेर्न सकिने क्षमता राख्न सक्नु त्यो आफैमा संवेदशिल विषय थियो ।
शनिबार विहानपखको समय घाम पनि चर्काे नै थियो । अस्पतालको हाडजोर्नी बिशेषज्ञ डा.राम कृष्ण श्रेष्ठको संयोजकको टिमले संवेदशिलतालाई समान्य नै बनाउने अथोडका साथ उक्त अपरेसन २ घण्डामा नै सफाल उपाचार गरि घँडा नै फेरेको हो ।
उक्त घँडा फेर्ने व्यक्ति भक्तपुर नगरपालिका वडा नम्वर १ दुधपाटी निवासी चन्द्र लक्ष्मी कक्षपतिको घुँडा फेरिएको हो । अस्पतालको हाडजोर्नी बिशेषज्ञ डा.राम कृष्ण श्रेष्ठ सहितको टिमले उक्त अपरेसन सफलता पुर्वक सम्पन्न गरेको हो ।
हाडजोर्नी सम्बन्धि सम्पुर्ण सेवा तथा अपरेसन गर्ने लक्ष्यका साथ अगाडी बढेको अस्पतालले अवका दिनमा कुनै पनि विरामी भक्तपुर छोडेर अनेत्र जानु नपर्ने अब भक्तपुरमै उक्त सेवा लिन सकिने अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले बताए ।
उहाँका अनुसार अस्पतालले हाडजोर्नी , मुटुरोग, न्युरोलाेजी युरोलाेजी बिषयलाई बिशेष प्राथमिकता दिदै काठमाडौं जान पर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यका साथ भक्तपुर इन्टरनेशनल अस्पताल टिम काममा जुटेको बताए।
अस्पतालले आधुनिक बिशेष प्रकृतीको अपरेसन मेसिनहरु प्रयोग गरि बिभिन्न रोगहरुको बिशेषज्ञ डाक्टरहरुबाट सेवा दिइरहेको समेत अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।